काठमाडौं प्रहरी प्रमुखमा धानुके अाएसँगै डन चक्रे मिलन पक्राउ

भदौ १०, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको विशेष टोलीले शुक्रबार दिउँसो डन चक्रे मिलनलाई प्रक्राउ गरेको छ । स्थानीय बासिन्दाले गुणगर्दी गरेर डन चक्रेले दुःख दिएको भन्दै उजुरी दिएपछि शुक्रबार अपराह्न ठमेलबाट चक्रे पक्राउ परेका हुन् । काठमाडौं प्रहरी प्रमुखमा एसएसपी रवीन्द्र धानुकले जिम्मेवारी सम्हालेको भोलिपल्टै चक्रे मिलन फन्दामा परेका हुन् । ‘गुण्डागर्दी गरेर सर्वसाधारण र ब्यवसायीलाई दुःख दिने जो कोहीलाई अब प्रहरीले बाँकी राख्दैन, काठमाडौंलाई सुरक्षीत शहर बनाउने मेरो अभियान सुरु भएको छ,’ धानुकले भने ।

गृहमन्त्री जनार्दन शर्माले शुक्रबार मन्त्रालयमा नै बोलाएर एआइजीहरुलाई गुन्डागर्दीमा संलग्नहरुलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए

सम्बन्धित शिर्षकहरु