बंगलादेशलाई हराँउदै नेपाल फाइनलमा प्रवेश अर्को खेल भारतसँग हुने

भदौं ९, काठमाडौं । नेपाले एन्फा कम्प्लेक्स सातदोबाटोमा भर्इरहेको १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगितामा बंगलादेशलाई हराँउदै नेपाल  फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा ४–२ को अग्रता लिँदै नेपालले बंगलादेशमाथि विजयी प्राप्त गरेको हो ।

खेलको पहिलो हाफमा नै नेपालले दुई गोल गरेको थियो । ५ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका आकास बुढामगरले ३० मिनेटमा दोस्रो गोल गरेका थिए भने ६४ औं मिनेटमा बंगदादेशले आत्मघाती गोल गर्‍यो ।

 ७२ र ७३ औं मिनेटमा बंगदादेशले गोल गरेपनि नेपालले अर्को एक गोल गर्दै ४-२ को जित निकाल्न सफल भएको छ । अब आइतबार फाइनलमा नेपालले भारतको सामना गर्नेछ ।

सम्बन्धित शिर्षकहरु