अष्ट्रेलियामा बस्ने ६४ हजार विदेशी नागरिक अवैध

भदौ ९,काठमाण्डौं। अष्ट्रेलियाको अध्यागमन कानुन र त्यसको पालना कडा मानिएपनि पछिल्लो पटक सार्वजनिक भएको एक तथ्यांक भने अचम्म पार्ने खालको छ। अष्ट्रेलियाको अध्यागमन विभागको एक तथ्यांक अनुसार अष्ट्रेलियामा ६४ हजार भन्दा धेरै विदेशी नागरिक अवैध रूपमा बसिरहेका छन्। विभागको तथ्यांक अनुसार ती व्यक्तिहरू उनीहरूलाई अष्ट्रेलियामा विभिन्न प्रयोजनका लागि दिईएको भिजाको म्याद सकिएपछी पनि अष्ट्रेलियामा नै रहेका हुन्। भिजाका सर्त तथा अध्यागमन कानुन अनुसार भिजामा दिईएको म्याद भित्र नै ती व्यक्तिहरूले अष्ट्रेलिया छोडिसक्नुपर्ने थियो। यसरी भिजा सर्त अटेर गरेर ‘ओवर स्टे’ गर्नेहरू मध्ये करिब १२ हजार त २० वर्ष देखी बिना भिजा नै अष्ट्रेलियामा बसिरहेका छन्।

सम्बन्धित शिर्षकहरु