रोनाल्डोको पोस्ट “मलाई अन्याय भएको छ तर तिनीहरुले मलाई रोक्न सक्दैनन् “

भदाै ७, असनेपाल न्युज । स्पेनिस सुपरकपमा बार्सिलोना विरुद्धको पहिलो खेलमा ३–१ को जित निकाल्ने क्रममा रोनाल्डोले रातो कार्ड पाउनुका साथै रेफ्रीलाई धकेलेको आरोपमा स्पेनको प्रशासकिय खेल अदालतले पाँच खेलको प्रतिबन्ध लगाइएको थियो। दोहोरो पहेलों कार्डका कारण एक खेल र रेफ्रीलाई धकेलेको आरोपमा रोनाल्डो चार खेलमा प्रतिबन्धमा परेका थिए।

अदालतको यो फैैसला अन्यायपूर्ण भएको उनले बताएका छन् । रतिबन्ध हटाइयोस् भन्दै गरेको अपिललाई पनि अदालतले खारेज गरेको थियो । प्रशासकिय खेल अदालतलाई लक्षित गर्दै रोनाल्डोले इन्ट्राग्राममा ‘मलाई अन्यायमाथि अन्याय भएको छ, तर तिनीहरुले मलाई कहिले रोक्न सक्ने छैनन्’  भनेर पोष्ट गरेका छन्।

उनले नेउक्याम्पमा बार्सिलोना विरुद्ध रियललाई अग्रता दिलाएपछि टीसर्ट उतार्दै सेलिब्रेसन गर्दा पहिलो पहेलो कार्ड पाएका थिए भने लगत्तै अनावश्यक डाइभ गरेको आरोपमा दोस्रो पहेलो कार्ड पाएका थिए । लगत्तै मैदानबाट बाहिरिने क्रममा उनले रेफ्रीलाई धकेलेका थिए ।

सम्बन्धित शिर्षकहरु