प्रदेश र संघीय संसदको निर्वाचन दुर्इ चरणमा हुन सक्ने

भदौ ७, काठमाडौ, । प्रमुख निर्वाचन आयूक्त अयोधीप्रसाद यादवले मुलुकको भौगोलिक अवस्था र निर्वाचनको तयारीलगायतका प्राविधिक कारणले मंसिर १० गतेको लागि तोकिएको प्रदेश र संघीय संसदको निर्वाचन अर्को चरणमा पनि हुन सक्ने बताएका छन ।

भौगोलिक अवस्था र निर्वाचनको प्राविधिक तयारीको अवस्थालाई मध्यनजर गरेर मंसिर ४ र २१ गते गरी दुई चरणको निर्वाचनको प्रस्ताव गरेको यादवले बताए । नियन्त्रण बाहिरको पस्थिति आए निर्वाचन अर्को चरणमा पनि हुन सक्ने उनले बताउका छन् ।

राजनीतिक बृत्तबाट बाहिर आए जस्तो चार वटा मतपत्रबाट चुनाव गराउन नसकिने र अहिलेको चुनावमा मतपत्रको ब्यवस्थापन सबैभन्दा ठूलो चुनौति रहेको बताउँदै आयोगले दुई वटा मतपत्रमार्फत निर्वाचन गराउने तयारीमा अायोग रहेको उनले बताए । यसैगरी दलहरुले नमानेकोले आगामी निर्वाचनमा पनि भोटिङ मेसिनको प्रयोग नहुने पनि उनले स्पष्ट पारे ।

 

सम्बन्धित शिर्षकहरु