भदौ ६, काठमाडौं । त्रिशक्ति सिद्धबाबा आध्यात्मिक केन्द्रले मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व हिन्दु महासंघका अन्तर्राष्ट्रिय अध्यक्ष सागर थापाले पशुपति मन्दिरको पश्चिम ढोका नखोले ताला फोड्ने चेतावनी दिएका छन ।
नारीहरुको महान चाँडको मुखमा यसरी ढोका बन्द गर्ने काम एकदमै गैरजिम्मेवार रहेका कारण भोलि साँझ ५ बजेपछि उक्त ढोका खोलिएन भने अाफुहरूले ह्याम्मरले ताल्ता फोड्ने उनले बताएका छन् ।
संस्थाले धार्मिक शुद्धता र हिन्दुराष्ट्र नेपालको पुनःस्थापनाको लागि भन्दै भदौ ८ गते देखि मेची–महाकाली रथ यात्रा निकाल्ने भएको छ । पत्रकार सम्मेलनमा त्रिशक्ति सिद्धबाबाले नेपाललाई तत्काल हिन्दुराज्य घोषणा नगरिए नेपाली नेताहरुको उधोगति लाग्ने समेत ठोकुवा गरेका छन् ।








