अष्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी

अगस्ट २१, असनेपाल न्युज । अस्ट्रेलियाली प्रधानमन्त्री मल्कोल्म टर्नबुलको सल्लाहकार टिमको सदस्यमा एक नेपाली विद्यार्थी नियुक्त भएका छन् । गत वर्ष अस्ट्रेलियाका प्रधानमन्त्री टर्नबुलले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि परिषदको सदस्यका रुपमा नेपाली विद्यार्थी विजय सापकोटा चुनिएका हुन् । गत जुलाईमा अन्तर्रास्ट्रिय विद्यार्थी परिषद् सीआर्इएसएको सभापतिमा सापकोटा निर्वाचित भएसँगै १७ जना रहेको यो परिषदमा नियुक्त हुने ढोका खुलेको हो ।

यूनीभर्सीटी अफ टेक्नोलोजी सिड्नीमा इन्जिनियरिङमा स्नातक अध्ययरत विजय उक्त विश्वविद्यालयको काउन्सिल बोर्डमा गत वर्ष निर्वाचित भएका थिए । उनी हाल अस्ट्रेलियामा अध्ययनरत ६ लाख अन्तर्रास्ट्रिय विद्यार्थीको नेतृत्व गर्ने संस्थाका सभापति पनि हुन् । नियुक्तिसँगै यहाँको सरकारी डाईरेक्टरिमा उनको नाम प्रकाशित हुनुले अस्ट्रेलियाको सरकारी डाईरेक्टरिमा नाम प्रकाशित हुने उनी पहिलो नेपाली बनेको अनुमान लगाइएको छ  ।

 

सम्बन्धित शिर्षकहरु