बाढी पहिरोलार्इ मध्यनजर गर्दै स्नातक तह प्रथम वर्षको परीक्षा सर्यो ( तालिका सहित )

भदौ १, काठमाडौं । देशका विभिन्न भूभागमा गएको बाढी पहिरोलार्इ मध्यनजर गर्दै भदौ ४ गतेबाट हुने भनिएको स्नातक तह प्रथम वर्षको परीक्षा भदाै ११ गतेबाट नियमित तालिका अनुसार हुने भएको छ । ११ गतेदेखिको परीक्षा भने पुरानै तालिकाअनुसार सञ्चालन हुने जनाइएको छ । यस्तै भदाै ११ गते अघिको परीक्षालाई पनि केहीदिन सारिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । भदौ ४ गते हुने परीक्षा १७ गते, ५ गते हुने २४ गते, ६ गते हुने २८ गते, ७ गते हुने २९ गते र ९ गते हुने परीक्षा ३० गते हुने भएको छ ।

सम्बन्धित शिर्षकहरु