बाढी पहिरोले देशभर शोकाकुलको अवस्था

साउन २८, काठमाडौं । शुक्रबार राति देखि परेको पानिका कारण आएको बाढी र पहिरोले देशभरको जन-जीवनलार्इ शोकाकुल बनाइदिएको छ । बाढिले दर्जनौं, सैयौं विघा जमिन र बालीनालीका साथसाथै मानवीय क्ष्यति पनि गरेको छ । हालसम्म झापा,मोरङ,सुनसरी,सप्तरी,रौतहट,दाङ,बाँके,सर्लाही लगायतका जिल्लामा आएको बाढी र पहिरोमा परि ३० जनाको निधन भएको छ भने कयाैँ अझै बेपत्ता छन् । बाढी र पहरोमा परी मोरङमा तीन जना, झापामा दुई जना,सुनसरीमा सात जना,पाँचथरमा तीन जना,बारामा एक जना,सर्लाहीमा एक जना,बाँकेमा तीन जना,सिन्धुलीमा चार जना,पाल्पामा एक जनासहित ३० जनाको निधन भएको हो । बाढी र डुवानका कारण संकटको अवस्थामा परेकाहरुको उद्धारका लागि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ । बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ । बाढिले बिराटनगर महानगरपालिका पूरै जलमग्न बनाएको छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ । मोरङ जिल्लामा करिब १५ सय घरहरु डुबानमा परेको प्रारम्भिक रिपोर्ट आए पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन । लोहोन्द्रा, बक्राहा लगायतका खोलाले जिल्लामा ठूलो क्षति पुर्‍याएको छ । तर, नेपाल टेलिकमको सञ्चार सेवा रहस्यमय तरिकाले अवरुद्ध हुँदा सूचना संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । बाढिका कारण विभिन्न जिल्लाका थुप्रै सडक संजाल पनि ध्वस्त भएको जानकारी प्राप्त भएको छ ।

 

 

सम्बन्धित शिर्षकहरु