ओलीले सुष्मा स्वराजलाई किन भेटेनन् ? यस्तो रहेछ कारण

साउन २८, काठमाडौं । भारतिय विदेशमन्त्री सुष्मा स्वराजले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्किएकी छन् ।

स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेस केन्द्रित दलका नेताहरूसँग भेटवार्ता गरेर फर्केकी छन् । कूटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलको नेता प्राय छुट्दैनन् ।

स्वपराज विमस्टेकको १५ औं मन्त्रिस्तरीय बैठकमा सहभागी हुन काठामाडौं आएकी थिइन् ।

अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त रहेको सन्देश दिएपछि भेटवार्ता नभएको कूटनीतिक स्रोतले बताएको छ ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित शिर्षकहरु