सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु

साउन २१ ,रौतहट । काठमाडाैँको घटना सेलाउँन नपाउँदै फेरी रौतहटमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । गत जेठ महिनामा सडक डिभिजन कार्यालय रौतहटको लगानीमा दुर्गा निर्माण सेवाले सडक निर्माण गर्ने क्रममा खाल्डो खनेको थियो।

गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधीन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । घाँस काट्न हिडेका उनीहरू अत्याधिक गर्मीका कारण नुहाउन उक्त सडकखण्डकोे खाल्डामा पुगेका थिए । मृत्यु हुनेमा १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता, ९ वर्षीया सुनैना, ९  वर्षीया सुस्मिता छन् । उनीहरु एकै परिवारका दाजुभाइका छोरी हुन् ।

सम्बन्धित शिर्षकहरु