चिनियाँ सामानलार्इ भारतमा बहिष्कार गर्न रामदेवको आग्रह

असनेपाल न्युज । दोक्लममा जारी तनावका बीच  भारतीय धर्म तथा योगगुरु बाबा रामदेवले भारतमा चिनियाँ सामान बहिष्कार गर्न अपिल गरेका छन्।

उनले भनेका छन् , ‘सबै देशबासीले चीनमा बनेका सामान बहिष्कार गर्ने समय आइपुग्यो, ‘चीनले सीधा र खुला रुपमा पाकिस्तानका आतंकवादीलाई समर्थन गर्न थालेको छ, त्यसैले पाकिस्तान नियन्त्रित कास्मिरलाई भारतमा विलय गर्ने समय पनि यही हो ‘

योगगुरु हुँदै पतञ्जलिका उत्पादनमार्फत् व्यापारमा हात हालेका रामदेवले खाद्यसामाग्री औषधि, सौन्दर्यसामग्री लगायत उत्पादन गरेका छन् । पतञ्जलिले उत्पादन गरेको करीब एक दर्जन विभिन्न खाले अाैषधी भने अावश्यक गुणस्तर नभेटिएका कारण नेपालमा हालै मात्र प्रतिबन्धित भएका छन् ।  केहि समयमै  पतञ्जलिले कपडा पनि उत्पादन गर्ने पनि उनले घोषणा गरेका छन् ।

सम्बन्धित शिर्षकहरु