अमेरिकी राष्ट्रपति ट्रम्पद्धारा नयाँ आप्रवास नीति घोषणा,डीभी अब बन्द हुने

 साउन २०, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ आप्रवास नीति घोषणा गरेका छन् । बुधवार उनले यो नयाँ नीति घोषणा गरेका हुन् । ट्रम्पको आप्रवास प्रस्ताव कंग्रेससमक्ष प्रस्तुत हुँदैछ ।

यस नीति अन्तर्गत मेरिटका आधारमा मानिसहरूले अमेरिकाको रेसिडेन्सी कार्ड पाउनेछन् । यो निती पारीत भएको खण्डमा अहिलेसम्म चलेको डीभी लटरी प्रणाली बन्द हुनेछ । अंग्रेजी राम्रो बोल्ने, पढाइ राम्रो भएको र राम्रो जागिर खान सक्ने व्यक्तिलाई मात्र अमेरिकामा बसोवासको अवसर दिइनेछ । ट्रम्पले नयाँ नीति घोषणा गर्दै यसका कारण गरीबी घट्ने बताए । यो ऐनअन्तर्गत अमेरिकामा ग्रीन कार्ड लिन सजिलो हुने समेत उनको भनाइ छ । राम्रो अंग्रेजी बोल्न जान्ने र सरकारको मुख नताकी आफ्नो खर्च आफैं उठाउनसक्ने व्यक्तिलाई प्राथमिकता दिइने उनले बताए ।

यस्ता व्यक्तिको सीपका कारण अमेरिकी अर्थतन्त्र मजबूत हुने उनको विश्वास छ । यो ऐनअन्तर्गत अमेरिका जाने व्यक्तिले सजिलै पैसा कमाउने र उनीहरूमाथि कुनै भेदभाव नहुने समेत ट्रम्पले बताए । अब स्किल हुने व्यक्ति मात्र अमेरिकामा काम गर्न सक्ने ट्रम्पको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु