साउन १७,काठमाडौं । प्रधानमन्त्रीले सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिँदा काम पूरा हुन त परै जाओस् सरोकारवाला निकायहरूले उल्टै झुटो प्रतिबेदन बुझाएका छन् । प्रधामन्त्री कार्यलयका सचिव चन्द्र घिमिरेले खाल्डा पुर्ने जिम्मा पाएका धेरैजसो निकायले झुटो प्रतिवेदन पठाएको बताए ।
‘कतिपय प्रतिवेदन हेर्दा विश्वास नलागेर हामीले स्थलगत अध्ययन गरेका थियौं’, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले भने, ‘काम नभएको ठाउँको पनि काम भयो भनेर विवरण पठाएको पायौँ ।’अाजको नागरिक दैनिकले खबर छापेको छ ।








