साउन १५, काठमाडौं । नेकपा एमालेका नेता प्रकाश ज्वालाले प्रदेश र केन्द्रको निर्वाचन एकै चरणमा गर्नको लागि आफ्नो पार्टीको सहमत रहेको बताउनुभएको छ । रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उहाँले भन्नुभयो, ‘समय थोरै छ, यसमा सरकारले खुट्टा कमाउनुहुँदैन, हाम्रो पूरापूर साथ रहनेछ । निर्वाचन आयोगलाई पूरा सहयोग गर्नुपर्छ, समयमै निर्वाचन नगरेर संसदको म्याद बढाउने गलत काममा लाग्नुहुँदैन ।’
दुवै निर्वाचन एकै चरणमा गर्दा राज्यको साधन र स्रोतको पनि बचत हुने, चुनावकै लागि राज्यका शक्तिहरु पटक–पटक होमिन नपर्ने भएका कारण एकै चरणमा दुई निर्वाचन गराउनको लागि सरकार र दलहरु तयार हुनुपर्ने उहाँले बताउनुभयो ।मधेशवादी दलहरुले पनि अब मोही माँग्ने ढुँग्रो लुकाउने काम गर्न नहुने बताउँदै स्वस्थ प्रतिष्पर्धामा जान उहाँले सबैलार्इ अाग्रह गर्नुभएको छ ।
निर्वाचनसँग राजपाका माँगहरु किन जोडिन्छन भन्ने कुरा आफूले अहिलेसम्मपनि बुझ्न नसकेको भन्दै उनले आश्चर्य प्रकट गरे । ज्वालाले भने, ‘संविधान कसैको एकलौटी घोषणापत्रजस्तो होईन, यसमा हाम्रापनि थुप्रै असहमतिहरु छन्, उहाँहरुको पनि छन, तर निर्वाचनमा जाने कुरा अरु विषयसँगको बार्गेनिङ् हुन सक्दैन् ।’ उनले राजपालाई बच्चाहरुले दुध खानको लागि बच्चा रोएजस्तो गर्न छोडेर मुद्दामा बहस गर्न आग्रह समेत गरे ।








