घर जग्गाको मूल्यांकन ४ गुणासम्म बढाउने महानगरपालिकाको निर्णय स्थगीत

साउन १२, काठमाडौं । कर बढाउन एेनमार्फत  घर जग्गाको मूल्यांकनमा नयाँ अाधारहरू तय गरिएसँगै यसको ब्यापक अालोचना भएपछि काठमाडौं महानगरपालिकाले आर्थिक ऐनमा पुनरावलोकन  गरेको छ । महानगरपालिका मूल्यांकन दर गतवर्षकै स्थितिमा राख्ने निर्णयमा पुगेको छ । नयाँ ब्यवस्थाले राजश्वमा नै थप प्रभाव पर्ने र त्यसले उठिरहेको राजश्व पनि नउठ्ने अवस्था आउन सक्ने भन्दै महानगरपालिकाले पुनरावलोकनको निर्णय लिएको हो । आथिर्क ऐनको अनुसूची (१) दफा (२) सँग सम्बन्धित ब्यवस्थालाई गत आर्थिक वर्षकै स्थिति राख्ने निर्णय भएको छ ।

महानगरपालिकाले विभिन्न् आधारहरु तय गरेर कर बढाउने गरी घर जग्गाको मूल्यांकन ४ गुणासम्म बढाएको थियो । महानगरको यस नीतिले कर उठ्नै समस्या हुने देखिएपछि मूल्यांकन दर यथास्थितिमा राख्न महानगरलार्इ चाैतर्फी दबाव अाएको थियो ।

सम्बन्धित शिर्षकहरु