साउन १० , काठमाडौं । कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच क–कसलाई मन्त्री बनाउने र कुन समुहले कति मन्त्रालय पाउने भन्नेमा विवाद भएपछि आज हुने भनिएको मन्त्रिमण्डल विस्तार बुधबारका लागि सारिएको छ ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा आज बिहानैबाट मन्त्रिपरिषद विस्तारका लागि आन्तरिक गृहकार्यमा जुटेपनि पौडेल समुहको अडानका कारण मगलबारको कार्यक्रम स्थगित भएको नेताहरुले बताएका छन् ।
कांग्रेसमा पौडेल पक्षले ६ वटा महत्वपुर्ण मन्त्रालय नपाए आफ्नो समुह सरकारमा नजाने बताउदै आएको छ ।









