‘टोले गुण्डा’हरू कटुवा पेस्तोल र गोली सहित पक्राउ

साउन ९, काठमाडौं । प्रहरीले चेकजाँचका क्रममा साउन ८ गते आइतबार काठमाडौंको सुकेधाराबाट तीन जना ‘टोले गुण्डा’हरूलाई पक्राउ गरेको प्रहरीले सोमबार जारी विज्ञप्तिमा उल्लेख गरेको छ । शंकास्पद लागि शरीर खानतलासी तथा चेक जाँच गर्ने क्रममा अनिल महतोले बोकेको झोलामा लुकाई छिपाई राखेको कटुवा पेस्तोल र गोली बरामद भएको थियो ।

‘काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा हातहतियार सहितका अपराधिक समुहका व्यक्तिहरू लुकिछिपि बसी विभिन्न पेशा व्यवसाय गरी वस्ने व्यक्तिहरूलाई डर त्रासमा पारी रकम असुली गर्ने र अन्य अपराधिक गतिविधिमा समेत संलग्न हुन सक्ने भन्ने विशेष सूचनाको आधारमा त्यस्ता गतिविधिमा संलग्न अपराधिक प्रवृतिका व्यक्तिहरूको खोजतलास गर्ने क्रममा कटुवा पेस्तोल थान–१ र थ्री नट थ्री राईफलको गोली थान– ४ फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ’, विज्ञप्तिमा भनिएको ।

पक्राउ पर्नेमा चितवन बघौडा नगरपालिका वडा नं. १ स्थायी घर भई सुकेधार बस्ने २७ वर्षीय अनिल महतो, रामेछाप जिल्ला खनियाँपानी– ३ घर भाई सुकेधारा बस्ने २७ वर्षीय महेश लामा र काभ्रे जिल्लाको पात्लेखेत– १ स्थायी घर भई एकतावस्ती बस्दै आएका ‘डल्ले’ भनिने २४ वर्षीय रोदन लामा रहेका छन् । रोदन लामा कथित ‘डन’ ड‘ल्ले’का नामले परिचित छन् ।

सम्बन्धित शिर्षकहरु