राजधानीमै प्लास्टिकको चामल बिक्री

असार २८, काठमाडौं । चीनका कतिपय कम्पनीहरुले प्लास्टिकबाट चामल बनाउने गरेका उक्त प्लास्टिकको चामल भारतका साथै सिंगापुर, इण्डोनेसिया तथा भियतनाम सम्म निर्यात भैसकेको समाचार अाइरहँदा राजधानीमै पनि प्लास्टिकको चामलको बिक्री भइरहेको खुलेको छ । सानो भर्‍याङस्थीत शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचन प्लास्टिकको चामल विक्री गरेको अरोपमा पक्राउ परेपछि प्लास्टिकको चामलको बिक्री भइरहेको खुलेको हो । प्रहरीको १ नम्बर गणले शेरचनको स्वयम्भू सानो भर्‍याङमा रहेको पसलबाट किनेको चामल अररो भएपछि अनुसन्धान अघि बढाएको थियो । चामल फुट्नुको साटो बल उफ्रिएझैं उफ्रिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाउँदै शेरचनको गोदाममा छापा मारेको हो ।

केही वर्षदेखि चीनमा सेतो प्लास्टिकबाट चामल उत्पादन गर्ने गरिएको र त्यसलाई सामान्य चामलमा मिसाएर बिक्रि गर्ने गरिएको पाइएको छ । यो चामल पानीमा पकाउँदा तुरुन्तै गल्नुका साथै असली चामलजस्तै पाकेर भातको सिता जस्तै पनि बन्दछ । यसो त नक्कली र सक्कली चामल छुट्याउनै नसकिने भने होइन । पकाउनु अघि प्लास्टिकको चामल रहेछ भने त्यो पानीमा तैरीन्छ तर सक्कली रहेछ भने चामल पानीमा डुब्दछ । यस्तै नक्कली चामल आगोेमा पोल्दा प्लास्टिक पोलेको गन्ध आउँछ । यसैगरी पकाइसके पछि पनि चामल सक्कली वा नक्कली हो भन्ने पत्ता लगाउन सकिन्छ । पकाएर भातभएपछि प्लास्टिकको चामल रहेछ भने केहि दिन राख्दा पनि सढेके गन्ध आउदैन् तर सक्कली चामललाइ केहि दिन राख्दा सढेको गन्ध आँउछ ।

सम्बन्धित शिर्षकहरु