अध्यागमन विभाग द्वारा ‘इमिग्रेसन मोबाइल एप’ सार्वजनिक

असार १९, काठमाडाैँ । अब सेवाग्राहीले भिसा लिनका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छन् । अध्यागमन विभागले ‘इमिग्रेसन मोबाइल एप’ सार्वजनिक गरेपछि यो सम्भव भएको हो । यस एपमा अध्यागमनसम्बन्धी आवश्य सम्पूर्ण जानकारी उपलब्ध भएको बताइएको छ ।

एपलाइ गृहमन्त्री जनार्दन शर्माले विभागको सभा हलमा सार्वजानिक गर्नुभएको हो साथै सोमबारदेखि यसलाइ कार्यान्वयनमा समेत ल्याइएको छ । विभागले अध्यागमन ऐन, २०४९, नियमावली २०५१, कार्यविधि २०६५ अनुसार देशभरका दसवटा अध्यागमन कार्यालयका सेवालाई अझ चुस्त बनाउन सहयोगीका रुपमा सो एप कार्यान्वयनमा ल्याएको हो ।
विदेशमा रहेका नेपालीहरुलाई ध्यानमा राख्दै यसमा विभिन्न स्थानका नेपाली नियोगको ठेगाना, विदेश जाने र फर्कने नेपालीका लागि उपयोगी सूचना, पदयात्रा अनुमतिपत्रको जानकारी तथा यसका लागि अनलाइन फारम भर्ने सुविधा, प्रवेश र प्रस्थान विन्दुका अध्यागमन कार्यालयका स्थलगत नक्सा र विभागका सूचना जस्ता अावस्यक सामाग्रीहरू पनि यसमा राखिएको छ ।

नेपालीको विदेश प्रस्थान र आगमन तथा विदेशीलाई नेपाल प्रवेशका लागि भिसा उपलब्ध, स्वीकृति, भिसाको म्याद थप र अध्यागनमसम्बन्धी अपराध नियन्त्रणका लागि विभागले काम गर्दै आएको छ । एपमार्फत सेवाग्राहीले गुनासा र सुझाव पनि राख्न सक्नेछन् ।

सम्बन्धित शिर्षकहरु