नेपाली कामदारलाई उचित सेवासुबिधा दिन्छ कतारी राजदुतः हमर

असार १७, काठमाडौं । नेपाली कामदारलाई कतारले उचित सेवा, सुविधा उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग शिष्टाचार भेटगरी नेपालका लागि कतारका राजदुत मोहम्मद अलिअल हमरले नेपाली कामदारलाई उचित सेवा, सुविधा उपलब्ध गराउन कतार सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।

शुक्रबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा कतारका राजदुत हमरले नेपाली कामदारहरुलाई आवश्यक उपभोग्य बस्तुको आपूर्तिमा कुनै कठिनाई नरहेको पनि जानकारी गराएका थिए ।

कतारलाइ छिमेक मुलुकहरुको नाकाबन्दी पश्चात दैनिक उपभोग्य बस्तुको समेत अभाव हुन थालेको छ । दैनिक उपभोग्य बस्तुको कमी हुन नदिन कतार सरकार लागि परेको उनले उल्लेख गरे ।

कतारमा रहेका नेपाली कामदारको अवस्थाकोबारेमा राजदुत हमरसँग जानकारी लिइएको उपप्रधान तथा परराष्ट्र मन्त्री महराले जानकारी दिए । मन्त्री महराले कतारको छिमेक राष्ट्रसँगको समस्या वार्ताको माध्यामबाट समाधान हुनुपर्ने नेपाल सरकारको धारणा रहेको पनि उल्लेख गरे ।

भेटमा दुई राष्ट्रबीचको आपसी हितका विविध विषयमा समेत छलफल भएको थियो ।

 

सम्बन्धित शिर्षकहरु