असार १६, काठमाण्डौं । प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिच मुलुकको राजनितिक अवस्था, सरकार विस्तारको विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका भएको भेटमा सरकार सञ्चालन र मन्त्रिपरिषद विस्तारको विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्री र प्रचण्डबीच सत्ता समिकरण र सरकारको कामको बारेमा समेत छलफल भएको थियो । प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड बीच थप गृहकार्य गरेर अब चांडै मन्त्रिपरिषद विस्तार गर्ने र सरकार सञ्चालन एवं दुई पार्टीबिचको सम्बन्धलाई थप मजबुत बनाउने बारेमा छलफल भएको अध्यक्ष दाहालको प्रेस संयोजक मनोहरी तिमिल्सीनाले जानकारी दिए ।
पहिलो पटक अध्यक्ष दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछी बालुवाटारमा छलफल भएको हो । यस अघिको छलफल अध्यक्ष दाहालको निवासमा नै हुने गरेको थियो ।








