असार १४,काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिको ८ मा पर्ने अम्बास मतदान केन्द्रलार्इ लक्षित अज्ञात समुहले प्रहार गरेको बम टिपेर सुरक्षित स्थानमा फालिदिने प्रहरी हुद्दा दुर्गा बहादुर रानालार्इ गृहमन्त्री जनार्दन शर्माले पुरस्कृत गर्ने बचन दिएका छन् ।
गृहमन्त्री जनार्दन शर्माले टेलिफोन गरेर प्र.ह रानालाई धन्यबाद दिदै उनको बहादुरीको प्रशंशा गरे । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित श्री माध्यमिक विद्यालय प्रतापकोट अम्बासमा बिहान मतदान भइरहेको बेला अज्ञात समूहले बम प्रहार गरेको थियो । फालेको बम प्रहरी हवल्दार रानाले भूँइमा नखस्दै हातले समातेर जंगल तर्फ फालेर सम्भावित दुर्घटना हुन वाट जोगाएका थिए । सो बम फालेको केही सेकेण्डमै ठुलो आवाजका साथ विष्फोट भएको थियो ।
बम प्रहार गर्नेको अहिले सम्म पहिचान नभएको प्रहरीले जनाएको छ । तर, निर्वाचन विरोधी गतिविधि गर्दै आएको विप्लव निकट नेकपा माओवादीले बम प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ ।








