दार्चुलाका ११ मतदानस्थल अति संवेदनशील

असार १३, दार्चुला । दोस्रो चरणको स्थानीय तहको निर्वाचनको लागि दार्चुला जिल्लाका १ सय १० मतदानस्थलमध्ये ११ मतदानस्थल अति संवेदनशील र १० मतदानस्थल संवेदनशील सूचीमा राखिएको छ । दार्चुलाका प्रहरी निरीक्षक लालबहादुर साउदका अनुशार भौगोलिक विकटता, आपराधिक गतिविधि, सीमा नाका नजिक, सञ्चार सेवाको असुविधा लगायत कारणले ११ मतदान स्थानलाई सुरक्षा हिसाबले अति संवेदनशील र १० स्थानलाई संवेदनशीलको सूचीमा समावेश गरीएको हो ।

सुरक्षा संवेदनशीलताका अाधारमा त्यस ठाउँहरूमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । बाँकी अन्य मतदान केन्द्र भने सुरक्षाका हिसाबले सामान्य मानिएको छ । विभिन्न ठाउँमा सशस्त्र प्रहरी,म्यादी प्रहरी र नेपाली सेनाले पहरा दिइरहेका छन् ।

सम्बन्धित शिर्षकहरु