देउवा देखि वामदेव गौतम सम्म,कस्ले कहाँबाट भोट हाल्दैछन् ??

असार १३,काठमाडौं । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् भने बाँकीले भाेली विभिन्न स्थानबाट मतदानमा भाग लिनेछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । उपराष्ट्रपति नन्दबहादुर पुन खोलीगाउँपालिका–२ रोल्पाबाट मतदान गर्दैछन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले रोल्पाको लिवाङ नगरपालिका–१ बाट मताधिकार प्रयोग गर्दैछन् ।

यसैगरी सभामुख ओनसरी घर्तीले लिवाङ–७ रोल्पाको बालोदय माध्यमिक विद्यालयबाट भोट हाल्दैछिन् । एमाले वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ को राष्ट्रिय निमाविबाट भोट हाल्दैछन् । कृष्ण सिटौलाले झापाको भद्रपुर–१० स्थित कबलगुडी प्राविबाट मत हाल्दैछन् भने एमाले नेता सुवास नेम्बाङले इलाम र एमाले उपाध्यक्ष वामदेव गौतमले बर्दियाको बाँसुगढी–८ त्रिभुवन उमाविबाट मत हाल्दैछन् ।

 

सम्बन्धित शिर्षकहरु