आयोग र प्रधानमन्त्रीबाटै आचारसंहिता उल्ल‌ंघन

असार १२,काठमाण्डौ । प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सत्तागठबन्धन दलहरुबाट स्थानिय तह निर्वाचन आचारसंहिता व्यापक उल्लंघन भएको बताएका छन् । प्रधानमन्त्री र निर्वाचन आयोग स्वयंले आचारसंहिता नाघेको भन्दै ओलीले आपत्ति जनाए । निर्वाचन हो कि अरुनै गतिबिधी हो जस्तो बनाएका छन् । मौन अवधिमा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने निर्वाचन जस्तो हुनुपर्ने त्यस्तो भएको छैन । सत्तारुढ दलबाट आचारसंहिता उल्लंघन तुरुन्त रोक्न उनले माग गरे । आयोगले पहिलो चरणको निर्वाचनमा सरकारमा सहभागी दलका कार्यकर्ताको मात्र सुनुवाइ गरेको ओलीको आरोप छ । अरुले भन्दा मतगणना दोहोर्याउने, स्थगित गर्ने काम भए । एमालेले भन्दा सुनुवाइ भएन । बरु प्रकृया बाटै वाहिर जाउँ भनियो । यो सरासर गलत हो । पत्रकार सम्मेलनमा ओलीले भने भारतका लागी नेपाली राजदुत दिपकुमार उपाध्याय प्रति संकेत गर्दै ‌ओलीले राजदुत भएका व्यक्ती समेत चुनावमा खटिएको बताए । कार्यकर्ता हुन मन लागे किन राजदुतको नियुक्ती लिनु उनले भने ।

पहिलो चरणको निर्वाचनमा दोलखामा राज्य पक्षको मिलेमतोमा बुथ क्याप्चर हुँदा पनि दोषीमाथी कारवाही नभएको भन्दै ओलीले आपत्ती जनाए । कार्बाही हुनुको सट्टा एमालेकै सांसदमाथी उल्टो मुद्दा चलाउने प्रयास भएको छ, उनले भने ।

आजको कान्तिपुरमा खबर छ

सम्बन्धित शिर्षकहरु