भारतले रोक्यो नेपालकाे ४ सय ग्यास बुलेट

असार ८,काठमाडौं । भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।

ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए । सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतले ‘एक्स्प्लोसिभ’ विभागले एक्स्प्लोसिभ प्रमाण पत्र दिएको छैन ।

भारतले ‘एक्स्प्लोसिभ’ प्रमाणिकरण नगरेर अल्झाएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । ‘आयल निगमसँग अनुमति लिएर चार सय नेपाली बुलेट निर्माण गरिसकेका छौ,’ उनले भने,‘ भारतले ‘एक्स्प्लोसिभ’ प्रमाणपत्र नदिएपछि नौ महिनादेखि भारतमै रोकिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु