नेपाल प्रहरीका पूर्वआइजीपी सहित चार जनालाई जेल चलान

असार ७ । काठमाडौं, बहुचर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहरिएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।सर्बोच्च अदालतद्वारा भ्रष्टाचारी ठहरिएका पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई बुधबार डिल्लीबजार कारगार चलान गरिएको हो ।

सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको आदेश बमोजिम जेल चलान गरिएको हो । सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।
सुडानमा कार्यरत नेपाल प्रहरीका फम्र्ड पुलिस युनिट (एफपीयू) का लागि चाहिने आम्र्ड पर्सनल क्यारियर (एपीसी) खरिदमा करिब २९ करोड रुपैयाँ घोटाला भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ जेठ २४ गते ३४ प्रहरी, २ ठेकेदार र वेलायती कम्पनी एस्योर्ड रिस्क बिरुद्ध मुद्दा दायर गरेको थियो ।

सम्बन्धित शिर्षकहरु