पतञ्जलीको थप ६ वटा उत्पादन नेपालमा प्रतिबन्धित

असार ७ । काठमाडौं, केहि समय अघिमात्र पतञ्जलीले उत्पादन गर्दै आइरहेको विलादी चूर्ण, अभिपत्तिकर चूर्ण, अजमोदादी चूर्ण र सितोफलादी चूर्णलाई न्युन गुणस्तर र गुणस्तरहीन भएका कारण नेपालमा बिक्री गर्न रोक लगाइएको थियो । यो घटना सेलाउन नपाउँदै फेरी पतञ्जलीको थप ६ वटा उत्पादन नेपालमा प्रतिबन्धित भएको छ । चर्चित भारतीय योग गुरु बाबा रामदेव तथा नेपाली मूलका आचार्य बालकृष्णको कम्पनी पतञ्जली आयुर्वेदिक केन्द्रको नेपालमा बिक्रीवितरण हुँदै आएका उत्पादन लगातार गुणस्तरहीन प्रमाणीत भइरएका छन् ।

औषधि व्यवस्था विभागले भारतमा उत्पादन भई नेपाली बजारमा बिक्रीहुँदै आएको उत्पादनको नमूना परीक्षण गरेको थियो । नमूना परीक्षणका क्रममा न्युन गुणस्तरीय तथा गुणस्तरहीन भएको पाइएपछि विभागले नेपाली बजारमा बिक्रीहुँदै आएको उक्त औषधीहरू माथि रोक लगाएको हो । दिव्य फार्मेसी उत्तराखण्ड भारतबाट उत्पादन हुने अमला चुर्ण, दिव्यगसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण नामक औषधी माईक्रोवेल टेष्टको क्रममा गुणस्तरहिन पाइएको विभागले जानकारी दिएको छ । औषधि तत्काल बजारबाट फिर्ता गर्न उत्पादक, आयातकर्ता तथा व्यपारीलाई निर्देशन पनि दिएको छ ।

प्रतिबन्धित औषधिहरू :

 

सम्बन्धित शिर्षकहरु