असार ६ ।बाबियाचौर, प्रहरीले म्याग्दीको बेनीमा म्याग्दी नदीले बगाएकी एक बालिकाको शकुसल उद्धार गरिएको छ ।
धौलागिरि गाउँपालिका-३ मुना घर भई हाल बेनी नपा–२ हाडेभिर बस्दै आएका बलबहादुर रसाइलीकी १० वर्षीया छोरी ममताको म्याग्दी नदीले बगाउँदै गरेको अवस्थामा प्रहरीले सोमबार उद्धार गरेको हो ।
म्याग्दी नदीको मोटरेबल पुलबाट खोलामा खसेको चप्पल समाउन जाने क्रममा ममतालाई नदीले ५० मिटर तलसम्म बगाएको थियो । नदीले बालिकालाई बगाएको देख्ने बित्तिकै प्रत्यक्षदर्शीले सूचना गरेपछि घटनास्थल पुगेर सकुशल उद्धार गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताउनुभयो ।
बालिकाको उद्धार गरी बेनी अस्पतालमा उपचार भइरहेको छ








