असार ६, काठमाण्डौं । प्रधानमन्त्री शेर बहादुर देउवाले साउन ३१ ( अगस्ट १५, स्वतन्त्रता दिवसको अवसरमा ) मा भारत भ्रमण गर्ने इच्छा गरेका छन । देउवा प्रधानमन्त्री भए लगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षविच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारीक सुझाव भारतलाई दिएको छ ।
भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथीका रुमपा डाक्ने गरेको छ । भारतले राजा विरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथी बनाएर डाकेको थियो । नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्रीको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाव नयाँदिल्लीस्थित नेपाली दुतावसले भारतिय विदेश मन्त्रालयलाई दिएको छ ।
नेपालबाट अगस्ट १५ को मिति उपयुक्त हुन्छ भन्ने अनौपचारीक प्रस्ताव आएको छ, हामी मितिका बारेमा छलफल गरेर आवश्यक निर्णय गर्छौं, नेपालसँग थप कुराकानी गरेर भ्रमणको समय टुङ्गयाउंछौ भारतीय विदेश मन्त्रालय स्रोतले भन्यो भारतमा राष्ट्रपति निर्वाचन सकिएपछि भ्रमणको टुंगो लाग्ने बुझिएको छ । भारतका लागी नेपाली राजदुत दिपकुमार उपाध्यायले प्रधानमन्त्रीको भ्रमणबारे भारतीयपक्ष सँग कुराकानी भइरहेको तर टुंगो लागीनसकेको बताए । प्रधानमन्त्री देउवालाई भारत भ्रमणका लागी निम्ता गइसकेको छ ।त्यसबारे हामी भारतिय पक्षसँग अनौपचारीक रुपमा संवादमा छौं उपाध्यायले भने । आजको नयाँ पत्रिकामा खवर छ ।







