असार ५ । लिवाङ,माओवादी उद्गम स्थल मानिने रोल्पाको थवाङ गाउँपालिकामा माओवादी केन्द्रका दुई सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
थवाङ गाउँपालिकाको वडा नम्बर ३ मा रामकुमारी कामी र वडा नम्बर ४ मा माया विक सदस्य पदमा निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रले जनाएको छ ।
दलित सदस्यमा अरूको उम्मेदवारी नपरेपछि उनीहरू निर्बिरोध भएकाे र चुनाव चिन्ह प्रदान गर्ने दिन निर्बिरोध भएको अाैपचारिक घाेषणा गर्ने निर्वाचन अधिकृत कमलबहादुर बिष्टले जानकारी दिनु भयो ।
थवाङ गाउँपालिकाको अध्यक्षमा विप्लव समूहका अमित घर्ती र उपाध्यक्षमा कांग्रेसकी श्रीकुमारी रोका उम्मेदवार रहेका छन ।
थवाङमा एमालेका हितबहादुर रोका अध्यक्ष र धनकुमारी बुढामगर उपाध्यक्ष तथा माओवादी केन्द्रबाट वीरबहादुर घर्तीमगर ‘वियोग’ अध्यक्ष र रामकिरणी रोकामगर उपाध्यक्षको उम्मेदवार छन् ।
थवाङमा गाउँपालिकामा कांग्रेस र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गरेका छन् ।








