असार ५ । राष्ट्रिय पुनर्निमाण प्राधिकरणले अनुदानको दोस्रो किस्ताको लागी भुकम्प प्रभावित १४ जिल्लामा पठाएको १७ अर्व ९६ करोड ५२ लाख बैंकमै थन्किएको छ । पहिलो किस्ताको रकम लिएका पिडितले घर नबनाउंदा दोस्रो किस्ताको रकम वितरण हुन सकेको छैन ।
प्राधिकरणका अनुसार ५ लाख ६७ हजार ४४२ पिडितले पहिलो किस्ता लगका छन । तर दोस्रो किस्ताको रकम लैजानेको संख्या २५ हजार २ सय २८ मात्रै छ । पहिलो किस्ता लैजानेको तुलनामा ४.४४ प्रतिशत भुकम्प पिडितले मात्र दोस्रो किस्ताको रकम लगेका छन । जसका कारण दोस्रो किस्ताका लागी निकासा गरिएको रकम अहिले जिल्लाका बैंकमा थन्किन पुगेको छ ।
प्राधिकरणले भुकम्प पिडीतको अनुदानका लागी अहिले सम्म ५० अर्व २७ करोड ११ लाख रुपैयां निकासा गरेको छ । त्यस मध्ये पहिलो र दोस्रो र तेस्रो किस्तामा ३२ अर्व ३० करोड ५९ लाख रुपैयां मात्रै बाँडिएको छ ।
यसकारण बनेन घर
पुनर्निमाण प्राधिकरणका अनुसार पहिलो किस्ता लिएका भुकम्प पिडितले घर नै नबनाउँदा दोस्रो किस्ताको रकम वितरण गर्न नसकिएको हो । झन्झटिलो कार्यविधि, अपर्याप्त रकम र कालीगढ कमी भएपछि पिडितले घर बनाउन चासो नदेखाएको प्राधिकरणले जनाएको छ । पहिलो किस्ताबापतको अनुदान रकम पाउन जति सजिलो छ दोस्रो किस्ता पाउन गार्हो छ । यसका लागी निश्तित मापदण्द पुरा गर्नु पर्दछ । पुनर्निमाण प्राधिकरणका प्रवत्ता यमलाल भुषालले भने घर बनाएको भुकम्प पिडितले मापदण्ड पुरा गर्न सकेनन् ।
पैसा कम भएकाले घर बन्न नसकेको उनले बताए । गाउँमा तिन लाखले घर बन्दैन । थप खर्च गर्न सकिए मात्रै घर बन्छ । तर गाउाका सबै पिडित सँग घर बनाउने पर्याप्त रकम छैन कालीगढको कमिले पनि पिडितले घर बनाउन सकेका छैनन उनले भने । आजको नयां पत्रिकामा टेकराज थामीले लेखेका छन ।








