गाई फार्ममा भिषण आगलागी

असार ३ । काठमाडौंको, शनिबार बिहान ११ बजेतिर ओम कृषि फार्ममा आगलागी भएको छ । गोकर्णेश्वर नगरपालिका १ रुप्सेटारमा रहेको गाई फार्ममा आगलागी हुँदा ५२ वटा गाई मर्नुका साथसाथै अन्य ६८ वटा गाई, बाच्छाबाच्छी घाइते भएका छन् । घाइते गाई सबै सिकीस्त अवस्थामा रहेका छन । आगलागीबाट १२ टन दाना, डेढ सय गाईलाई ‌ओछ्याउने म्याट जलेका छन् । २ सय २० लम्बाई र ४० फिट चौडाई रहेको गोठ पूरै जलेर नष्ट भएको छ । नेपाली सेना र प्रहरीको टोलीको सहयोगमा आगो लागेको दुई घण्टामा निभाइसकेको छ । ठूलो आगलागीको घटना भएकोले क्षतिको विवरण आउन बाँकी छ । आगलागीको कारण अझै पत्ता लागेको छैन ।

सम्बन्धित शिर्षकहरु