मधेश मुद्दामा सहकार्यको सम्भावना खोजी

असार ३ । सरकार सँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरुले अलगाववादी नेता सिके  राउतसँग भेटी मधेशका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन ।

यसै साता राजपाका अध्यक्ष महन्त ठाकुर र राउतबीच केही सहयोगी सहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका छन् ।स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक कैलाश महतोले संयोजक राउतसँग ठाकुर मात्र होइन, नेपाल लोकतान्त्रिक फोरम अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव  लगायतसँग पनि सहकार्यको प्रस्ताव राख्दै धेरैपटक लिखित प्रस्ताव  समेत पठाएका छौं ।

चुनावक्रममा मधेसवादी दलबिच राउतलाई भेट्ने र चुनावमा पकड मजबुत गराउने प्रतिस्पर्धा ने रहेको सम्वद्ध स्रोतले बताएको छ ।  स्वतन्त्र मधेस गठबन्धनका सहसंयोजक महतोले भन्नुभयो हामीले राजपासँग मधेसको मुद्दामा क्लियर भएर आउनुहोस एक भएर अगाडी भन्ने प्रस्ताव गरेका छौं ।  उहाँहरु सत्तास्वार्थका कारण क्लियर हुनुहुन्न । एक प्रश्नको उत्तरमा महतोले राजपा मात्र नभई फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार, फोरम नेपालका अध्यक्ष  यादव तथा राजपामा आबद्द ६ मधेशवादी दललाई समेत स्वतन्त्र भएर मधेसको मुद्दामा सहकार्य गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

महतोले भन्नुभयो मधेसवादी दलले सत्ता र पैसाको मोहमा हामीलाई स्पष्ट जवाफ दिन सकेका छैनन् । उनीहरु राज्य लिएर देश लिने भन्छन हामी राज्य होइन देशनै लिनुपर्छ भन्छौं । राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले आफुहरुको राउतसँग कुनै गम्भीर र निर्णायक वार्ता नभएको बताउँदै भन्नुभयो विचार नै फरक भएका शत्तिसँग हुने वार्ताको कुनै अर्थ रहँदैन ।

आजको अन्नपुर्णपोष्ट बाट साभार

सम्बन्धित शिर्षकहरु