काङ्रेसको स्वार्थमा चुनाव सारियो:महासचिव पोखरेल

असार २ । काठमाडौं, नेकपा एमालेका महासचिव इश्वर पोखरेलले सरकारले काङ्रेसले डिजाइन अनुसार २ नम्बर प्रदेशको चुनाव स्थिगित गरेको बताउनु भएको छ । प्रेस चौतारीले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाले दुई नम्बर प्रदेशमा चुनाव हारिने डरले कांग्रेसले यस्तो प्रस्तव अघि सारेको आरोप लगाउनु भएको हो  ।
दुई नम्बर प्रदेशको चुनाव असोज २ को लागि सारिएपछि आक्रोसित हुनु भएकानेता पोख्रेलले राष्ट्रिय जनता पार्टीलाई मोहोरा बनाएर आफ्नो स्वार्थ पूरा गरेको आरोप लगाउनु भयो ।

“पूर्वगृहमन्त्री विमलेन्द्र निधिको डिजाइनमा चुनाव सारेको हो”महासचिव पोखरेलले भन्नु भयो,”कांग्रेसले प्रायोजितरुपमा आफ्नो स्वार्थ पूरा गर्न राजपलाई मोहोरा बनायो।”

निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सार्न नमिल्ने निर्णय गरिसकेको अवस्थामा कांग्रेसले आफ्नै हीतको लागि मात्रै चुनाव सारेको उहाको भनाई थियो ।
सत्तागठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाबीच बिहीबार बसेको बैठकले दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति गरेको थियो।
बाँकी १,५ र ७ नम्बर प्रदेशको चुनाव भने साबिक असार १४ गते नै हुनेछ।

सम्बन्धित शिर्षकहरु