असार २ । काठमाडौं, प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूले प्रदेश नम्बर २ को निर्वाचनको मिति सारेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।
अनेरास्ववियूले आज काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छुट्टा छुट्टै पुत्ला बनाएर जलाएका छन ।
शुक्रबार काठमाडौंस्थित् आर.आर. क्याम्पस अगाडि अनेरास्ववियूका विद्यार्थी नेताहरुले सरकारले असार १४ गते हुने स्थानीय तहको निर्वाचनमध्ये प्रदेश नम्बर २ को निर्वाचनको मिति सारेको विरोधमा पुत्ला दहन गरेका हुन् ।
उनीहरुले सरकारले राष्ट्रघाती काम गरेको भन्दै उक्त निर्णय फिर्ता लिन समेत चेतावनी दिएका छन ।








