राप्रपा जनताको घर दैलोमा पुग्दै

असार २ । काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टीको प्रचार प्रसार गर्नको लागि आफ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा जनताको घर दैलोमा पुगेर राजनीतिक गतिविधि सञ्चालन गर्न निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ ।

पार्टीका नेता राजाराम श्रेष्ठले पार्टीले निर्वाचनमा खटाएका नेताहरुले पार्टीको नीति, विचार, सिद्धान्तलाई जनताका माझ पुर्याएर पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको पक्षमा मतदानका लागि आग्रह गरिने जानकारी दिनु भयो ।

यही असार १४ गते हुने सो निर्वाचनका लागि असार ११ गतेसम्म स्थानीय तहमा आवश्यकताअनुसार हुने सभा सम्मेलनमा शीर्ष नेतृत्वको सहभागिता भई चुनाव प्रचारप्रसारका गतिविधि गरिने छन् ।

सम्बन्धित शिर्षकहरु