दुई नम्बर प्रदेशको चुनाव स्थगित गरिने दलहरुको निर्णय

असार १ । काठमाडौं, सत्तारुढ दल र राजपाबीच आज बसेको बैठकमा दुई नम्बर प्रदेशको चुनाव स्थगित गर्ने निर्णय भएको छ।

माओवादी केन्द्रका नेता एवं गृहमन्त्री जनार्दन शर्माले असार १४ गतेको चुनाव दुई नम्बर प्रदेशको चुनाव स्थगित गरिएको जानकारी दिनु भयो ।

बाँकी १, ५ र ७ प्रदेशमा भने असार १४ गते नै चुनाव हुने उहाले बताउनु भयो ।

दुई नम्बर प्रदेशको चुनाव कहिले गर्नेबारे सत्तारुढ दल र राजपाका शीर्ष नेताहरुबीच सिंहदरवारमा बसेको बैठकमा अझै छलफल जारी छ ।

गृहमन्त्री शर्माले २ नम्बरबाहेक अन्य १, ५ र ७ मा असार १४ मै चुनाब गरिने निर्णय भएका जानकारी दिनु भयो ।

महन्थ ठाकुर, राजेन्द्र महतोहरुको राष्ट्रिय जनता पार्टीले चुनाब अगाडि संविधान संशोधनको पूर्वसर्त राखेर चुनाब बिथोल्ने चेतावनी दिँदै अाएको छ।
यता उपेन्द्र यादब र विजय गच्छदार नेतृत्वका तराईका पार्टीहरुले भने निर्वाचन सार्न नहुने अडान राख्दै छन ।

सम्बन्धित शिर्षकहरु