असार १ । काठमाडौं, सत्तारुढ दलहरु कांग्रेस माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि छन् ।
माओवादीबाट अध्यक्ष प्रचण्डका साथै नारायणकाजी श्रेष्ठ प्रकाश र मातृका यादव छन् भने गृहमन्त्री जनार्दन शर्मा पनि बैठककमा सहभागी छन् ।
राष्ट्रिय जनता पार्टीबाट महन्थ ठाकुर, महेन्द्र यादव र शरदसिंह भण्डारी सहभागी छन् भने संघीय लिम्बुवान पार्टीका कुमार लिंङ्ग्देन पनि बैठकमा सहभागी छन् ।
सरकारले राजपालाई निर्वाचनमा सहभागी गराउने भनेपछि बिना संविधान संशोधन निर्वाचनमा कुनै हालतमा भाग नलिने अडान राजपा नेताहरुको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार डाकेको छलफल पनि बिना निष्कर्ष टुंगिएको थियो।
यता निर्वाचन आयोगले भने असार १४ गते तोकिएको मिति कुनै हालतमा सार्न नहुने जनाएको छ।








