असार १ । बैतडी,राष्ट्र सेवकमा हुनुपर्ने आचरण र अनुशासित नभएको भन्दै बैतडीमा तीनजना म्यादी प्रहरीलाई बरखास्त गरिएको छ ।
मदिरा सेवन गरेर आचरणविपरीत काम गरेकोले सूर्नया गाउँपालिकाका रामसिंह महरा, नरेन्द्र सिंह ऐरी र धर्मबहादुर मडैलाई सेवाबाट बर्खास्त गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
स्थानीय निर्वाचनका लागि बैतडीमा ७१७ जना म्यादी प्रहरी छनोट गरिएको मध्ये यी तीन कार्बाही गरिएको हो ।
उनीहरुले आवासगृहमा राति मदिरा सेवन गरेर प्रहरी अनुशासनविपरीतको काम गरेकाले बर्खास्त गरिएको प्रहरीले जनाएको छ ।








