दैलेखमा बस दुर्घटना १० जनाको मृत्यु

काठमाडौं , जेठ ३१ — कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको छ । ३२ जना यात्रु सवार उक्त बस दैलेखको आठवीस नगरपालिका–४ नैनलदेव मन्दिर नजिक सडकबाट ३ सय मिटर तल कर्णाली नदी किनारमा खसेको हो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ भने १८ यात्रु घाइते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत खिड्कीज्यूला र राकमको बीचमा पर्ने राकम वेल्तडीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २१ जनामध्ये २ जनाको मात्र हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रत्यक्षदर्शीका अनुसार अधिकांश घाइतेको अबस्था गम्भीर छ तर पहुँचवालाको मात्र उद्दार भएपछि अन्य घाइतेका आफन्तहरु आक्रोशित बनेका छन् । एम्बुलेन्समा बिरामी लिएर दैलेखबाट सुर्खेत पुग्न पाँच घन्टा लाग्ने भएकाले थप समस्या उत्पन्न भएको छ । गम्भीर घाईतेको संख्या धेरै भएकोले मृत्यु हुनेको बढ्नसक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु