जेठ ३१ । काठमाडौं, नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन दोस्रो चरणका लागि विराटनगर महानगरपालिकाको मेयरमा भीम पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
काङ्रेसले दुई नम्बर प्रदेशबाहेकका स्थानमा उम्मेदवारको टुंगो लगाइसकेको छ। पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारीसहितको बैठकले मोरङ र दाङका नगरपालिकाका मेयर उम्मेदवार छनौट गरेको हो।
आज बसेको काङ्रेसको बैठकले विराटनगर महानगरपालिकाको मेयरमा पराजुलीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । पराजुली नेपाली काँग्रेस विराटनगरका सभापति हुनुहुन्छ ।
पराजुली विद्यार्थी जीवनदेखि नै काँग्रेसको राजनीतिमा आवद्ध रहनु भएको छ । त्यसैगरी उपमेयरको टिकट इन्दिरा कार्कीलाई दिइएको छ ।








