जेठ ३० । काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज दाङ जिल्ला बन्दको आह्वान गरेकोले याँहाको जनजीवन प्रभावित बनेको छ ।
बन्दका कारण यातायात पसल तथा कलकारखानाहरु सञ्चालन हुन सकेका छैनन् भने विद्यालय पनि चल्ने अवस्था देखिएको छैन् ।
बन्दकर्ताहरू भने कतै सडकमा देखिएका छैनन् । दाङ लगायत राप्ती अञ्चल अन्तर्गतका रोल्पा, रुकुम, सल्यान, प्यूठान जिल्लामा जनजीवन प्रभावित भएको छ । रोल्पा, रुकुम, दाङ लगायत विभिन्न ठाउँबाट पक्राउ परेका आफ्ना नेता, कार्यकर्ताको रिहाइको माग गर्दै नेकपाले मंगलबार राप्ती बन्द गरेको हो।








