असनेपाल न्युज,सिड्नी । सिड्नीमा उबर ट्याक्सी चलाउने मोहम्मद नाभिध भनिने एक चालक छ वर्षका लागी जेल चलान भएका छन् । अाफ्नै ट्याक्सीमा यात्रा गरीरहेकी एक महिलालाइ बलात्कार गरेको अभोयोगमा अदालतले गरेको फैसला अनुसार उनले यो सजांय भोग्नु परेको हो । सन् २०१५ मा उक्त घटना घटेको थियो । सो घटनालाई लिएर अदालतमा परेको उजुरीबारेको फैसला हालै “डोइङ् डिस्ट्रीक कोर्ट”ले गरेको हो ।
पिडीत महिलाले अदालतलाइ बताए अनुसार ‘र्यान्डविक र्रेसकोर्स’मा दिन बिताएकी उनी किङ्स क्रसमा अाफ्नो साथीहरू भेट्न गएकी थिइन् । नाभिधले ट्याक्सीमा चढाउँदा अाफु नसामा भएको,अाफुले ट्याक्सी नरोकेको र ट्याक्सीमा चढेको पनि थाहा नभएको उनले बताइन् । पछि अाफु ट्याक्सीमा रहेको थाहा पाएपछी उनले घरको ठेगाना दिएर त्यहाँ पुर्याउन अाग्रह गरेपनि नाभिधले घरको सट्टा ‘न्यु साउथ वेल्स ‘ राज मार्ग छेउ लगेर बलात्कार गरेको उनको अारोप थियो । यता नाभिधले भने सहमतीमै उक्त घटना भएकाले अाफु निर्दोष रहेको दावि गरेका छन् ।







