कैलाली माओवादी केन्द्रका प्रमुख उम्मेद्वारहरुमा बढी थारु जाति

जेठ ३० । कैलाली,दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले कैलाली जिल्लामा सबैभन्दा बढी थारु जातिलाई प्रमुख उम्मेदवारमा चयन गरेको छ ।

कैलाली जिल्लाका १३ वटा गाउँपालिका तथा नगरपालिका मध्ये छ तहको प्रमुख पदमा थारु उम्मेदवार बनाएको माओवादी केन्द्रले कैलालीले जनाएको छ ।

माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा रामसमझ राना, भजनी नगरपालिकाको प्रमुखमा शेरबहादुर थारु, घोडाघोडी नगरपालिकाको प्रमुखमा लक्ष्मण चौधरी, जोशीपुर नगरपालिकाको अध्यक्षमा भक्त थारु, कैलारी गाउँपालिकाको अध्यक्षमा लाजुराम चौधरी र जानकी गाउँपालिकाको अध्यक्षमा फुलराम थारुलाई उम्मेदवार बनाएको छ ।
त्यसै गरी ११ वटाको प्रमुखमा अन्य राजनीतिक दलबाट पनि थारु नै उम्मेदवार बनेका छन ।

सम्बन्धित शिर्षकहरु