जेठ २५ । पाकिस्तानले इंग्ल्यान्ड र वेल्समा जारी आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटमा पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई डकवर्थ लुइस नियम (डिएल) का आधारमा १९ रनले पराजित गर्दै पाकिस्तानले पहिलो जित निकालेको हो । इंग्ल्यान्डको बर्मिंघममा दक्षिण अफ्रीकाले दिएको २२० रनको लक्ष्यसहित पाकिस्तानले जवाफी ब्याटिङ गरिरहेको बेला वर्षाले खेल प्रभावित गरेपछि डकवर्थ लुइस नियमका आधारमा पाकिस्तान १९ रनले विजयी भएको हो । वर्षाले खेल रोकिनुअघि पाकिस्तानले २७ ओभरमा ३ विकेट गुमाएर ११९ रन बनाएको थियो । पाकिस्तानका फखर जामन र बाबर आजमले समान ३१ ( ३१ रन तथा मोहम्मद अफिजले २६ रन जोडेका थिए । दक्षिण अफ्रिकाका मोर्ने मोर्केलले तीन विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धािरत ५० ओभरमा ८ विकेटको क्षतिमा २१९ रन बनाएको थियो । दक्षिण अफ्रिकाका डेभिड मिलरले अविजित ७५ रन बनाए । यस्तै क्विटन डी ककले ३३, क्रिस मोरिसले २८ तथा कागिसो रबाडाले २६ रन जोडे । पाकिस्तानका हसन अलिले तीन तथा इमाद वासिम र जुनेद खानले समान दुई दुई विकेट लिए । यो जितसँगै समूह बि मा रहेको पाकिस्तानले दुई खेलबाट २ अंक जोडेको छ । र, पाकिस्तान समूहको तेस्रो स्थानमा छ । पराजित दक्षिण अफ्रीका पनि २ अंक जोडेर समूहको दोस्रो स्थानमा छ । यससमूहमा एक खेलबाट २ अंक जोडेको भारत शिर्ष स्थानमा छ ।
सम्बन्धित शिर्षकहरु
विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्धित
एजेन्सी । विश्वकै महँगो गोलकिपर बन्दै ब्राजिलका अलिसन लिभरपुलमा अनुबन्ध भएका छन्। रोमालार्इ […]
गोसाइँकुण्ड जाने तयारीमा हुनुहुन्छ ? ठगिनु होला है यस्तो छ मेलाका लागि दररेट
रसुवा । जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका लागि दररेट (शुल्क) निर्धारण भएको छ । मेलाको समयमा […]
कोपा अमेरिकाको उपाधि ब्राजिललाई,१२ वर्षको उपाधिको खडेरी अन्त्य
एजेन्सी । कोपा अमेरिकाको उपाधि आयोजक ब्राजिलले जितेको छ। सोमबार बिहान सम्पन्न खेलमा ब्राजिलले पेरूलाई ३–१ […]
कोरिया जस्तो सजिलो छैन् जापान रोजगारी छनोट,भाषामा दोहोरो मापदण्ड
नेत्र पण्डित- काठमाडौं । नेपाली कामदार जापान लैजान दुई देशका सरकारबीच समझदारी भएसँगै नेपाली कामदारका […]
बिगबासमा चम्किए सन्दीप,दोस्रो खेलमा लिए तीन विकेट
काठमाडौँ । अस्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिगबास टि-२० लिगमा नेपाली नेपाली युवा खेलाडी सन्दीप […]
आइसिसी बरियतामा पारस दुई स्थान तल, सोमपाल र वसन्तको सुधार
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले आइतबार सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ […]


