काठमाडौँ, ५ जेठ – काठमाडौँ महानगरपालिकाको वडा नं २ को वडाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठसहितको प्यानल नै विजयी भएको छ । केही बेरअगाडि सम्पन्न मतपरिणाममा श्रेष्ठले एक हजार ८४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रमोदराज शर्माले ६८४ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, महिला सदस्यमा पूर्णलक्ष्मी रजक, महिला दलित सदस्यमा ईश्वरी परियार, खुला सदस्यमा पदमकाजी महर्जन र विमल गुरुङ विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । काठमाडौँ महानगरपालिकाको वडा नं २ मा तीन हजार ४५१ मत खसेको थियो । रासस








