म्यादी प्रहरीको मृत्यु

नवलपरासी, २५ वैशाख – नवलपरासीको रामग्राम नगरपालिका–१० मन्झरियामा भएको सवारी दुर्घटनामा एकजना म्यादी प्रहरीको मृत्यु भएको छ ।

गएराति भएको दुर्घटनामा परी घाइते भएका रामग्राम–१२ निवासी २५ वर्षीय राजसिंह चौधरीको उपचारका क्रममा मृत्यु भएको जिप्रका, नवलपरासीले जनाएको छ ।

परासीबाट भैरहवातर्फ जाँदै गरेको लु२५प ५७७९ नंको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिँदा सो दुर्घटना भएको हो । रासस

सम्बन्धित शिर्षकहरु