चट्याङ लागेर पाँचजना घाइते

पाँचथर, २४ वैशाख – यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् ।जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् ।जिल्लाको फालेलुङ गाउँपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेका बेला चट्याङको झड्का लागी सोही स्थान बस्ने ३० वर्षीय मनकुमार केरुङ घाइते भएको प्रहरीले जनाएको छ ।

झड्का लाग्नासाथ स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।चट्याङको झड्काले धनमायाको तीनवटा सुँगुरका पाठासमेत मरेका छन् । सोही समयमा घाइते हुनेमा आफ्नै घरमा बसिरहेका २७ वर्षीय भद्र दुलाल, २५ वर्षीय प्रदीप राई, ३३ वर्षीया जमुना राई र उनका छोरा छ वर्षीय केरवीर राई रहेका छन् ।

उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । चट्याङको झट्का लागी भद्र दुलालको एउटा भैँसी मरेको छ । रासस

सम्बन्धित शिर्षकहरु